logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दार्चुलामा मृत फेला परे प्रहरी नायब निरीक्षक


अंकुरण खबर
1.547K
Shares

दार्चुलामा एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् ।

कैलाली टीकापुरका अन्दाजी ४० वर्षीय सई ध्रुव रावल शुक्रबार बिहान करिब ४ बजे महाकाली नगरपालिका ४ बंगाबगडको एक होटलमा मृत फेला परेका हुन् । उनी बिहीबार राति एक होटलमा बास बसेका थिए ।

इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

उनी होटलको बाथरुम बाहिर लडेको अवस्थामा फेला परेको उनले जानकारी दिए । लडेको अवस्थामा फेला परेका उनलाई जिल्ला अस्पताल दार्चुला पुर्‍याइएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर बिष्टका अनुसार उनको नाक र मुखबाट रगत बगेको थियो। उनी प्रेसरका बिरामीसमेत रहेको बिष्टले जानकारी दिए ।