logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा ओली–प्रचण्डबीच  छलफल  जारी


अंकुरण खबर
1.417K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच  आज पनि बालुवाटारमा छलफल जारी छ।

बिहीबार छलफल गरेका अध्यक्षद्वयले शुक्रबार पनि छलफल जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक आयोगको नियुक्ति र बाँकी रहेको एकताका विषयमा तत्काल टुंगो लगाउने निर्णय गरेको थियो। त्यहीँ विषयलाई टुंगोमा पुर्‍याउन अध्यक्षद्वयले निरन्तर छलफल गर्दै आएका छन्।

सकेसम्म प्रदेश र संघीय मन्त्रीमण्डल तत्काल पुनर्गठन गर्ने तयारीमा दुई अध्यक्ष जुटेका छन्। यस्तै संवैधानिक अंगको नियुक्तिका विषयमा समेत छलफल गरी भागबण्डा गर्ने बताइएको छ। बाँकी रहेको एकतालाई असोजभित्रै टुंगोमा लागउने निर्णय भईसकेको छ ।