logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संक्रमणबाट धादिङमा एक सुत्केरीको मृत्यु


अंकुरण खबर
767
Shares

कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएकी धादिङकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–२ की ३१ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

उनका अनुसार ती गर्भवती महिलालाइ सुत्केरी व्यथा लागेपछि प्रशुती गृह पठाइएको थियो । सोही अवस्थामा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएकी महिलाको सुत्केरी अवस्थामै मृत्यु भएको हो ।

योसंगै धादिङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको हो ।

यसअघि नीलकण्ठ नगरपालिका– १४ का ३२ वर्षीय पुरुष र सिद्धलेक गाउँपालिका –६ का ४५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ ।