नेपालमा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २३७ र होम आइसोलेसनमा १० हजार ५२ जना रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर १४५५ जना घर फर्किएका छन् । योसँगै ५१ हजार ८६६ जना निको भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।
योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४५९ पुगेको छ ।