पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
केही समययता काठमाडौंमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।