पछिल्लो २४ घन्टामा थप १४ सय ५५ जना कोरोनामुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रवक्ता डा. गौतमका अनुसार नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार २ सय ८९ रहेको छ ।