logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२२७  जना कोरोना संक्रमित आइसियु र ३९ जना भेन्टिलेटरमा उपचाररत


अंकुरण खबर
832
Shares

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ सय ६६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांक अनुसार ३९ जना भेन्टिलेटरमा र २२७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १३५ जना र  ३४ जना भेन्टिलेटर, प्रदेश ५ मा ३९ जना आइसियु र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ११ जना आइसियु र ३ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश २ मा १९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १७ आइसियुमा उपचाररत रहेका छन् ।