logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोक सेवाको रोकिएका परीक्षा कात्तिकदेखि सुरू हुने


अंकुरण खबर
832
Shares

लोक सेवा आयोगले लकडाउनका बेला स्थगित गरेका परीक्षाहरू अब सञ्चालन गर्ने भएको छ ।

आयोगले शुक्रबार सूचना निकालेर शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षा तालिका निकालेको हो ।

‘कोरोना महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी देहायअनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ आयोगले भनेको छ ।