logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक


अंकुरण खबर
3.341K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

नियमित मन्त्रिपरिषद बैठक सोमबार बस्ने गरेको भएपनि आज १२ बजेपछि बालुवाटारमा आकस्मिक रुपमा बैठक बोलाइएको हो ।

मन्त्रीमण्डल पुनर्गठनको चर्चा भैरहेको समयमा प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । मन्त्रीमण्डल पुनर्गठनका विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग केही दिनदेखि निरन्तर छलफल गरिरहेका छन् ।

बिहीबार, शुक्रबार र शनिबार पनि दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो ।