सुदूरपश्चिम प्रदेशका थप ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९८ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै विभिन्न अस्पतालबाट १० जना निको भएर फर्किएका छन् । यो सँगै त्यहाँ निको हुनेको संख्या ५ हजार ८८३ पुगेको छ ।
हाल सक्रिय संक्रमित संख्या १ हजार ८५ रहेको छ भने मृतक संख्या १४ पुगेको छ ।