नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठमा आइतबार संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनम बसेको उनले बताएका छन् ।
साथै, उनले आफ्नो सम्पर्कमा रहेका सम्पूर्णलाई सजगता अपनाउन समेत आग्रह गरेका छन् ।