कोरोना भाइरस संक्रमणबाट एक सातामा विदेशमा रहेका थप २१ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । योसहित कोरोना संक्रमणबाट विदेशमा रहेका नेपालीहरुको मत्यु हुनेको संख्या २ सय ६५ पुगेको छ ।
साथै, हालसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपाली कोरोना संक्रमति भएका छन् । तीमध्ये ३५ हजार ७८ जना कोरोनामुक्त भएका एनआरएनएले जनाएको छ ।