logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्ड भेटलगतै मन्त्रिपरिषद् बैठक सुरु


अंकुरण खबर
1.313K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय ओली र प्रचण्डको छलफल सकिएपछि मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरुको भेटवार्ता सकिएलगत्तै मन्त्रीपरिषद्को बैठक शुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मन्त्रीपरिषद्को पुनर्गठनको चर्चा चलिरहेका बेला मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।