logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामान्य अंकले बढ्यो नेप्से


अंकुरण खबर
754
Shares

साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.२९ अंकले बढेको छ ।

कारोबार खुलेदेखि परिसूचक तलमाथि भए पनि अन्तिम समयमा सम्हालिँदै सुधार आएको हो ।

सामान्य अंकले बढेर १ हजार ५६५ अंकमा पुगेर बन्द भएको नेप्सेमा ३१३ अर्बभन्दा बढीको कारोबार भएको छ। यसक्रममा १ करोड ९९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आज कारोबार भएका १२ समूहमध्ये ५ समूहमा सुधार आएको छ। त्यसबाहेक अन्य ७ समूह ओरालो लागेका छन्। त्यही ५ समूहले उचालेको बजार ४ अंकले बढेको हो।

बैंक, विकास बैंक, होटल, वित्त र म्यूचुअल फण्ड समूह मात्रै सुधारिएका हुन्। आज घटेका समूहमध्ये जीवन बीमा समूह ८३ अंक र निर्जीवन बीमा समुह ७२ अंकले घटेका छन्।