नेपालमा थप १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
आइतबार देशभरको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आइतबार कोरोनालाई जितेर ८८५ जना घर फर्किएका छन्। योसँगै ६१ हजार ८८ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८७ जनाको मृत्यु भएको छ ।