logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.3K
Shares

गण्डकी प्रदेशका थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका चार जिल्लाका थप ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा बागलुङका ३१, कास्की २१, लमजुङ १६ र नवलपरासी पूर्वका ३ जना रहेका छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ७४४ पुगेको छ ।