logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ८८५ कोरोना संक्रमणमुक्त


अंकुरण खबर
1.365K
Shares

पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् ।

आज मन्त्रालयका अनुसार १० हजार १ सय २३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ९ लाख ८८ हजार ३ सय २७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा छन्। सक्रिय संक्रमितको संख्या १९ हजार  १९ रहेको छ ।