प्रहरीले अवैध लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाका रबि गुरुङ, पूर्वी रुकुमका गज पुन र चक्क्रबहादुर पुन रहेका छन् ।
लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर र शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषध १० किलो ५०० ग्राम र तौल गर्ने डिजिटल तराजु पनि बरामद गरेको जनाएको छ ।
उनीहरूलाई लागू औषध ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।