logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढीमा जुवातास खेलिरहेका ९ जना पक्राउ


अंकुरण खबर
741
Shares

प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ बाट शनिबार राती ९  जुवाडेलाई पक्राउ गरेको हो ।

बोगटी चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले नगद रु ७५ हजार, २ सय १० र २ गड्डी ताससहित जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।