भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने कुल संख्या ९५ हजार ५७४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ एक हजार ४० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार थप ८२ हजार ७६७ जनामा संक्रमण पुष्टि भएको छ । योसहित कुल संक्रमित ६० लाख ७३ हजार ३४८ पुगेका छन् ।
अहिलेसम्म भारतमा ५० लाख १३ हजार ३६७ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमित नौ लाख ६४ हजार ४०७ जना छन् । तीमध्ये ८ हजार ९४४ जना गम्भीर छन् ।