logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा एकैदिन थपिए १३० जना कोरोना संक्रमित


अंकुरण खबर
559
Shares

मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार एक सय ८६ पुगेको छ ।

विराटनगरमा संक्रमितमध्ये २३ जनाको मृत्यु भइसकेको छ ।