नेपाल राष्ट्र बैंकले सोमबार (असोज -१२) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०८ पैसा रहेको छ ।
युरो एकको खरिददर १३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै , पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको छ ।