सप्तरीको तिरहुत गाउँपालिका बडा नम्बर दुई मैनमकडेरीकी एक महिलाको विभत्य हत्या गरिएको छ ।
अन्दाजी ४२ वर्षीया डायमण्ड कडोगिया यादवको घरमा कोही नभएको बेला हत्या भएको हो ।
श्रीमान शिव नारायण यादव विराटनगरस्थित मिल्स माबिको शिक्षक र २ जना छोरा अध्ययनका लागि घर बाहिर रहेका बेला उनको हत्या भएको हो ।
शुक्रबार रातिको घटना भएपनि परिवारलाई आज मात्र जानकारीमा आएको मृतकका पति शिव नारायणले बताए ।
शव पोस्टमार्टमका लागि बिपि प्रतिष्ठान धरान पठाइएको छ । घटना बारे अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।