logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
897
Shares

नेपालमा थप १३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर ७४२ जना घर फर्किएका छन् । योसँगै ५४ हजार ६४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४८१ जनाको मृत्यु भएको छ ।