logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित


अंकुरण खबर
910
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही समययता काठमाडौंमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।