गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजी घनश्याम अर्याल कोरोना संक्रमणमुक्त भएका छन् ।
२१ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनको रिपोर्ट तीन सातापछि नेगेटिभ आएको हो । परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएकोमा रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
डीआईजी अर्याल संक्रमितको ट्रेसिङमा परेका थिए । उनले १८ भदौमा स्वाब दिएका थिए । कोरोना पुष्टि भएपछि उनले होम आइसोलेसनबाटै प्रहरी कमान्ड सम्हालेका थिए ।