logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य


अंकुरण खबर
793
Shares

पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमित नभएका यी पाँच जिल्ला प्रवेशको लागि भने  पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ । ७२ घण्टाभित्रको रिपोर्ट पेश गरेपछि मात्रै प्रवेश दिइने स्थानीय प्रशासनले नियम बनाएका छन् ।

सात जिल्लामा भने पाँच, पाँच सयभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।