logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु


अंकुरण खबर
728
Shares

बाँकेमा मंगलबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १० का ५३ वर्षीय पुरुष र नेपालगञ्ज मेडिकलेजमा कार्यरत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार एक जनाको मंगलवार बिहान २ बजेतिर र अर्काको बिहान ३ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरुलाई भेन्टिलेटरमा राखेर प्लाज्मा थेरापीलगायत सबै प्रकारका उपचारका विधि अपनाएर उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ ।

योसँगै  बाँकेमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म बाँकेका ९ र बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका ७ जनाको मृत्यु भएको हो ।