logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु


अंकुरण खबर
845
Shares

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

मोरङको सुनबर्षी नगरपालिका–७ की ६८ वर्षीया महिलाको भेन्टिलेटरमा राखेर उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएपछि विराटनगरको नोबल मेडिकल कलेजले असोज १० गते प्रतिष्ठानमा रेफर गरेको थियो । मृगौला रोगी ती महिलाको नियमित डाइलोसिस भइरहेको थियो ।

उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।