logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सम्झना प्रकरण : बलात्कारपछि आफैले हत्या गरेको राजेन्द्र बोहराद्वारा स्वीकार


अंकुरण खबर
1.157K
Shares

बलात्कार एवं हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङको नियन्त्रणमा रहेका राजेन्द्र बोहराले अपराध स्वीकारेका छन् ।

बुधबार साँझ गाईवस्तुलाई गोठमा घाँस हाल्न हिँडेकी एक १२ वर्षीया बालिकाको बलात्कारपछि आफैले हत्या गरेको उनले स्वीकार गरेका हुन् ।

बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको आरोपीले स्वीकार गरेका छन् । प्रहरी हिरासतमा रहेका १८ वर्षीय राजेन्द्र बोहराले हत्या र बलात्कारको आरोप स्वीकार गरेका हुन् ।

मृतकका आफन्तले घटनामा सग्लनलाई हदैसम्मको कारवाहीको माग गरेका छन ।

बालिकाको बलात्कारपछि हत्यामा सग्लन आरोपी अन्य अपराधिक घटनामा पनि सग्लन भएको देखिएको छ ।

राजेन्द्रले साउन २९ गते घट्ट गएको बेला गाउँकै अर्की एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै सोमबार बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा बलात्कार सम्बन्धि मुद्दा दर्ता भएको छ ।

बालिकाको हत्या भएको शिब मन्दिर नजिकै डेढ वर्ष अगाडी एक बालक मृत भेटिएका थिए । स्थानीयले अहिले सो घटनामा पनि राजेन्द्रलाई नै शंकाको घेरामा राखेका छन ।

मृतक भेटिएका बालकको पनि कानमा लगाएको सुनको मुन्द्रा पनि गायब थियो ।

प्रहरीले अनुसन्धान गर्दा बालिकाको बलात्कार पछि हत्या घटनामा राजेन्द्रको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक रुपक खडकाले बताए । घटनामा अन्य को संलग्नता रहेको या नहरेको बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।