logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा एक सुनचाँदी व्यवसायी मृत अवस्थामा फेला


अंकुरण खबर
754
Shares

कपिलवस्तुको बाणगंगा नदीको खोरिया घाटमा एकजना व्यवसायी मृत अवस्थामा फेला परेका छन ।

कपिलवस्तु नगरपालिका बडा नम्बर दुई चौक बजारका ४५ वर्षीय सुनचाँदी व्यवसायी राघवेन्द्र बर्मा यशोधरा गाउँपालिका वडा नं ८ स्थित खोरिया घाटमा मृत अवस्थामा फेला परेका हुन् ।

नदी किनारमा तैरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनी शनिवार साँझदेखि बेपत्ता थिए । शनिवार सांझ पसल वन्द गरेर सन्ध्याकालिन घुमफिरमा निस्केका वर्मा घर नफर्किएपछि उनको खोजी कार्य शुरु गरिएको थियो ।

पोष्टमार्टमपछि मात्रै घटनाको जानकारी आउने प्रहरीले जनाएको छ । घटना प्रति कपिलवस्तु सुनचांदी व्यवसायी संघले दुःख ब्यक्त गरेको छ ।