logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ


अंकुरण खबर
1.443K
Shares

संघिय संसदभित्र बलात्कारिलाई मृत्यु दण्डको सजाय दिनुपर्ने माग उठिरहेकै बेला रौतहटको कटहरिया नगरपालिकामा बालिका बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

बालिका बलात्कारको आरोपमा कटहरिया नगरपालिका-१ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा इन्दल दाश पक्राउ परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिए ।

सोमबार राती ९ बजे सोहि टोलकी एक १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको प्रहरीले जनाएको छ । कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडितले बताएकी छन् । पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएकी थिइन् । त्यसलगतै पीडितका बाबुले प्रहरीलाई खबर गरेका थिए ।

पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको छ ।

ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी ईन्दल दाशलाई राती १२ बजे पक्राउ गरेको हो । पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेका छन् ।

पीडितका बुबाको जाहेरीको आधारमा निजमाथि जबदस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।