logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिचिङ अस्पतालका सफाइ कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु


अंकुरण खबर
1.274K
Shares

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा एक जनाको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ।

अस्पतालकै सफाइ कर्मचारिको मृत्यु भएको कोभिड-१९ व्यवस्थापन समितिका संयोजक सन्तकुमार दासले जानकारी दिए ।

असोज ३ गते संक्रमण पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका ५७ वर्षीया ती महिलाको सोमबार निधन भएको हो। ‘स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेका थियौं। तर पनि उहाँको स्वास्थ्यमा सुधार भएन,’ दासले भने।

दम र थाइराइडको समस्या भएकी ५७ वर्षीया महिला ३ महिनादेखि बिदामा रहेको बेला संक्रमण भएको दासले बताए। ‘अस्पतालको पुरानो कर्मचारी हो। कोरोनाको बेला हामीले उहाँलाई ३ महिनादेखि ड्युटीमा राखेका थिएनौं,’ उनले भने।

महिलाको शव अस्पतालमै राखिएको र आजै अन्त्यष्टीको तयारी भइरहेको छ ।