गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये पोखराका १४ जना रहेका छन् । त्यस्तै, नवलपुरका चार जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ८ सय १३ पुगेको छ । संक्रमितमध्ये हालसम्म दुई हजार ६ सय ९७ जना निको भइसकेका छन् ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ रहेको छ ।