logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्रोइलरलाई रंग लगाएर ‘लोकल’ कुखुरा भन्दै बेच्ने चार जना पक्राउ 


अंकुरण खबर
3.38K
Shares

काठमाडौंमा ब्रोइलर कुखुरालाई रंग लगाएर लोकल भनेर बेचेको आरोपमा चार जना पक्राउ परेका छन् ।

कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल भन्दै बेचेको आरोपमा प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई पक्राउ गरिएको महानगरी प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

ब्रोइलर कुखुराको सेतो चल्लालाई कालो, रातो रंग लगाएर लोकल भन्दै उनीहरुले कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने गरेको प्रहरीको दाबी छ ।

रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताए। ‘ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरेका हौँ’ बोहोराले भने ‘अनुसन्धान जारी छ, दोषी देखिए कानुन अनुसार कारबाही हुन्छ।

उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा खरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री  वितरण गर्दै आइरहेका थिए।