logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवा झिक्ने क्रममा पुरिएर एक जनाको मृत्यु


अंकुरण खबर
741
Shares

बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वालिङ–११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेका छन् ।

बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन् ।