logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
754
Shares

मोरङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको सुनबर्षी नगरपालिका ७ का ६८ बर्षीय पुरुषको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार विहान ३ बजे मृत्यु भएको हो।

मृगौलाको डाइलासिस गराइरहेका ती पुरुष उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए।

असोज ५ गते नोबेलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उनलाई असोज १० गते धरानस्थित प्रतिष्ठानको आइसोलेसनमा रिफर गरिएको हो।

उनलाई ज्वरो, खोकीपश्चात स्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका थिए।