पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २४ जनामा संक्रमण देखिएको हो । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाका अनुसार संक्रमण देखिएकाहरुमा एक जना महिला २३ जना पुरुष रहेका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा एक सय ९२ नमुना परीक्षण गरिएको थियो । जसमा २४ जनामा संक्रमण देखिएको उनले बताए । एक जना भने बाराका रहेका छन् । संक्रमण देखिएकाहरु १८ देखि ७० वर्षसम्मका रहेका छन् ।
पर्सामा थपिएका २४ जनामध्ये १८ जना वीरगन्ज महानगरपालिकाका छन् । उनीहरुमध्ये एक जना एभरेस्ट बैंकका कर्मचारी हुन् । त्यस्तै, कालिकामाई गाउँपालिकाका पाँच र ठोरी गाउँपालिका एक जना रहेका छन् ।