पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।
मंगलबार गरिएको परीक्षणमा काठमाडौंमा मात्रै ७४७ जना संक्रमित थपिएका छन् । त्यसैगरी ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा यो अहिलेसम्मकै धेरै संक्रमित संख्या हो ।
केही समययता काठमाडौं उपल्यकामा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।