logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

३४ जना कोरोना संक्रमित भेन्टिलेटरमा


अंकुरण खबर
1.248K
Shares

कोरोना भाइरस संक्रमितमध्ये ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार प्रदेश १ पाँच, बागमतीमा २६, प्रदेश ५ मा दुई र सुदूरपश्चिम प्रदेशमा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै पाँचै प्रदेशमा गरी २१३ जना संक्रमित आईसीयूमा छन् । प्रदेश १ मा १६, प्रदेश २ मा १८ र बागमती प्रदेशमा ११० जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

यस्तै गण्डकीमा ६, प्रदेश ५ मा ४४, कर्णालीमा १७ र सुदूरपश्चिममा दुई जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।