सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा असोज १० गते भर्ना भएका सप्तरी राजविराज ४ का ३९ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो।
असोज ९ गते कोभिड-१९ पोजिटिभ देखिएका उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा अधिक समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले बताए ।
बिरामीले १० वर्षदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलामा समस्या भएर डाइलासिस गरायदै आएका थिए ।
धरानमा हालसम्म ३७ जना संक्रमितको मृत्यु भइसकेको प्रतिष्ठानले जनाएको छ।