logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
858
Shares

विराटनगरको कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्ध रहेका छन् । अत्याधिक मोटोपना रहेका मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या देखिएको थियो । उनी असोज ४ गते अस्पताल भर्ना भएका थिए ।

हालसम्म प्रदेश १ का विभिन्न अस्पतालमा ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । तिमध्ये १९ महिला र ४९ पुरुष रहेका छन् ।