logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्मचारीमा कोरोना देखिएपछि ताहाचल कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृति सेवा बन्द


अंकुरण खबर
2.132K
Shares

कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलको सेवा बन्द भएको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कर्मचारीमा कोरोना देखिएपछि ताहाचल कार्यालयबाट प्रदान गरिने श्रम स्वीकृति लगायतका सेवाहरु बन्द गरिएको जानकारी दिए ।

निषेधाज्ञा हटेपछि वैदेशिक रोजगारीमा जाने नेपालीका लागि ताहाचलस्थित कार्यालयबाट श्रम स्वीकृति प्रदान गरिँदै आएको थियो ।

कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द नगरिए पनि प्रदान गरिने सबै सेवाहरु भने रोकिएका हुन् ।