logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कपिलवस्तुमा कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.222K
Shares

कपिलवस्तुमा एक कोरोना भाइरस सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ निवासी ५० वर्षीया महिलाको आज बिहान ३ः३० बजे भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो । उनी थाइराइड, मधुमेह, निमोनिया र दीर्घरोगबाट ग्रसित थिइन् ।

असोज ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका हेल्थ असिष्टेन्ट उमेश घिमिरेले बताए ।

यससँगै कपिलवस्तुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।