logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारत पठाइदिने भन्दै ठगेको आरोपमा पक्राउ


अंकुरण खबर
975
Shares

कञ्चनपुरको गौरीफन्टा नाका भएर भारत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय कमल बोहरा हुन् । बुधबार बिहान प्रहरीले उनलाई डोकेबजारबाट नियन्त्रणमा लिएको जनाएको छ ।

कागजात नभएपनि भारत पठाउन सहजीकरण गरिदिने भन्दै नेपालीहरुबाट रकम असुली गरेको आरोपमा प्रहरीले उनलाई पक्रेको हो ।

यसअघि पनि डोकेबजारबाटै पक्राउ परेका बोहरा छुटेपछि फेरि नाकामा ठगी गर्न थालेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई अहिले इलाका प्रहरी कार्यालय त्रिभुवबस्तीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।