logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

झिनो अंकले घट्यो नेप्से


अंकुरण खबर
858
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) झिनो अंकले घटेको छ । आज नेप्से ३.१९ अंकले घटेको हो ।

नेप्सेका अनुसार बुधबार १ अर्ब ९५ करोड ३६ लाख बढीको कारोबार भएको छ भने नेप्से घटेर १ हजार ५५० दशमलव ४३ विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बुधबार विकास बैंक, हाइड्रोपावर, फाइनान्स र म्युचुअल फण्डको सूचकमा सुधार देखिए पनि बाँकी सूचक घटेका छन् ।

जोशी हाइड्रोपावर र कामना सेवा विकास बैंकको शेयर मूल्य बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ । पछिल्लो समय आधार मूल्य भन्दा तलका जलविद्युत कम्पनीको शेयर मूल्यमा उछाल आइरहेको छ ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ११ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।