नेपालमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप १५५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर १०५७ जना घर फर्किएका छन् । योसँगै ५६ हजार ४२८ जना निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणबाट ४९८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार २०४ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । यो सहित नेपालमा १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।