काठमाडौं उपत्यकामा आज बुधबार ९०२ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ९२ जना संक्रमित थपिएका हुन् ।
केही समययता काठमाडौं उपल्यकामा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।
यस्तै, बुधबार नेपालभरमा थप १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित आज देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।