पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ९८ पुगेको छ ।
सुनसरीमा ६०, मोरङमा ६०, सप्तरीमा ३९ वर्षीय पुरुष, काठमाडौंमा ३४ र ३६ वर्षीया महिला, ५४ वर्षीय पुरुष रुपन्देहीमा ८२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
५ वटा जिल्लाका २ महिला र ५ पुरुष गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।