चिकित्सा शिक्षा सुधारको लागि १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भीर बन्दै गएको छ ।
त्रिवि शिक्षण अस्पतलाका अनुसार डा. केसीको रगतमा चिनीको मात्रा र सिरम इलेक्ट्रोलाइट्स निकै कम भइसकेकाले उनको जीवन नै खतरामा परेको हो।
अस्पतालले जारी गरेको विज्ञप्तिमा डा. केसीमा कुनै पनि बेला मुटु र स्नायुसम्बन्धी समस्या आउनसक्ने र त्यसो भएमा ज्यानकै जोखिम हुने उल्लेख छ । अस्पतालका अनुसार उनको रगतमा ह्वाइट ब्लड सेल्सको मात्रा निकै न्यून हुँदा संक्रमणको ठूलो जोखिम छ ।
अस्पतालले डा. केसीलाई बारम्बार चक्कर आउने, मुटुको धड्कन बढेको, छाती दुख्ने, जिउ गल्ने, शरीरका मांशपेशी दुख्नेरबाउँडिने लगायतका समस्या देखिएको पनि जनाएको छ।
डा केसीलाई आइसीयूमा राखी निगरानी र उपचार व्यवस्था गर्नुपर्ने अवस्था भए पनि उनले सामान्य सलाइन लिन बाहेक अरु केही पनि नमानेको विज्ञप्तिमा उल्लेख छ ।
